यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गर्नुभएको …
वार्षिक प्रतिवेदन २०७६/७७
१६ औं वार्षिक साधारण सभा सम्बन्धमा
यस संस्थाको सञ्चालक समितिको मिति २०७७।०८।०५ गतेको निर्णय, सहकारी विभागले आश्विन १ गते जारी सुचना र संस्थाको महामारीमा साधारण सभा व्यवस्थापन कार्यविधि २०७७ लाई आधार मानी कोरोना महामारीको विषम परिस्थितिमा संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०७७/०९/०९ देखि २०७७/०९/१५ गते सम्म निम्न मिति, स्थान र समयमा अभौतिक रुपमा हुने भएकोले फेसबुुक तथा एफ.एम. लाईभमा …
संगम सहकारीका शेयर सदस्यहरुको कोरोना बिमा
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको छ । सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए । पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको …
क्यालेण्डर प्रकाशित
कोरोना र लकडाउनले सहकारीमा पार्न सक्ने समस्याहरु
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्णय अनुसार देशभर २०७६ चैत्र ११ गतेदेखि लकडाउनको पाँचौं समयावधि अझै कायम नै रहेको छ । यस विषम अवस्थामा वित्तीय संस्थाका शेयर सदस्यहरुको व्यापार व्यवसाय तथा अन्य आयमूलक कार्यहरु पूर्णरुपमा थप्प भई प्रभावित भईरहेका छन् । कोरोनाभाईरसको संक्रमणबाट “आफू पनि बचौं, अरुलाई पनि …
संगम सहकारीद्वारा विदुर नगरपालिकाको राहत कोषमा रु.५५ हजार ५ सय ५५ सहयोग
विदुर नगरपालिका ४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदुर नगरपालिकाले स्थापना गरेको दैविक विपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेको छ । शनिबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई उक्त नगद सहयोगकाे चेक हस्तान्तरण गरेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाईरस (कोभिड-१९) को संक्रमण फैलिन …
बौद्धिक अपाङ्गता विद्यालय पानी ट्यांकी र कार्पेट वितरण
आज संगम बचत तथा ऋण सहकारी संस्थाले माझीटारस्थित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई पानी ट्यांकी र कार्पेट सामग्री वितरण गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष नारायण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टिकाराम खरेल मार्फत् हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले विद्यालयको आवश्यकता अनुसार सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा आवश्यक …
संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगितामा सुजन राई र योगिता तामाङ प्रथम भएका छन् । संगम बचत तथा ऋण सहकारीले आयोजना गरिएको खुला दौड प्रतियोगितामा छात्रतर्फको दौडमा भीमसेन माविका सुजन राई प्रथम भएका हुन् । त्यस्तै, त्रिशुली माविका द्वय दिपक घले द्वितीय र राम तामाङ तृतीय भएका छन् । त्यस्तै, छात्रातर्फ च्वाडी माविका …
प्रदेश नं. ३ का मुख्यमन्त्रिबाट संगम प्लाजाको भवन उद्घाटन हुँदै
प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलबाट संगम सहकारीको नवनिर्मित भवन संगम प्लाजाको भोलि मंगलबार उद्घाटन हुने भएको छ । सहकारीले विगत २२ वर्षदेखि घरभाडामा लिई सहकारी संचालन गर्दै आईरहेकोमा भोलि मंगलबारदेखि सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गरिने छ । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद …
