केशव मिश्र
अध्यक्ष

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यबद्ध गर्दै,स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाइ समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्धेश्यले २०५३ पौष १५ गते संगम बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक प्रारम्भिक तहको एकल उद्धेश्यीय (बचत तथा ऋण कारोबार गर्ने) सहकारी संस्था हो । यसको स्थापनाकालमा विदुर नगरपालिका मात्र कार्यक्षेत्र थियो । हाल यसको कार्यक्षेत्र नुवाकोट जिल्ला भरि रहेको छ ।

मिति २०६४ साल घटस्थापनाका दिन तत्कालिन माननीय कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मा ज्यू वाट संस्थाको कार्यालय समुद्घाटन गर्नुभइ नुवाकोट जिल्लामा पहिलो पटक कम्प्युटराईज्ड प्रविधिमा नियमित रुपमा बचत तथा ऋण कारोवार गर्दै आइरहेको छ । संस्थाले आफ्नै नाममा जग्गा खरिद गरि संगम प्लाजा भवन निर्माण गदै मिति २०७५ फाल्गुन १४ गतेका दिन वागमति प्रदेश का माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यूको वाहुलीबाट समुदघाटन गरि आफनै भवनमा कार्यालय संचालन गर्न सफल भएका छौ । यसले सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने गर्दै आइरहेको छ । “समयमा सिक्का सिक्का बचत, अप्ठयारोमा ढिक्का ढिक्का प्रतिफल” हो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहार बाट अभिप्रेति भई यो संस्था सञ्चालित भएको छ । समुदायको पहिलो रोजाईको संस्था बनाउनको लागि संस्थाका सञ्चालक तथा ब्यबस्थापन सदैव लागि परेका छन् । संस्थाका सम्पुर्ण कार्यहरु नीति, विधि र प्रविधिबाट निर्देशित रहनाका लागि सञ्चालक समितिले आवश्यक नीति नियम तथा कार्यविधि तयार गरि साधारण सभाबाट निर्णय गरि कार्यान्वयन भइरहेका छन् । त्यसै गरि संस्थको साधारण सभा तथा वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न सामाजिक, साँस्कृतिक, स्वास्थ्य तथा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

संस्थालाई यहाँसम्म पुरयाउनु हुने पूर्व अध्यक्ष ज्यूहरु तथा संचालक ज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । हामी प्रतिको सद्भाव सहयोग र सुझावको लागि सम्पुर्ण सदस्य ज्यूहरु, सहयोगी संघ/ संस्था र ब्यक्तित्वमा हार्दिक कृतज्ञता प्रकट गर्दै सदा झै निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

जय संगम !!! जय सहकारी !!!

केशव मिश्र
अध्यक्ष
संगम बचत तथा ऋण सहकारी संस्था लि.
संगम प्लाजा, बट्टार, विदुर नगरपालिका-४, नुवाकोट