१) स्वेच्छिक तथा खुला सदस्यता २) सदस्यहरुद्धारा आर्थिक सहायता ३) स्वायत्तता र आत्मनिर्भरता ४) शिक्षा तालिम र सूचना ५) सहकारी बिच पारस्परिक सहयोग ६) सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ७) समुदायप्रति चासो

संगम सहकारीका शेयर सदस्यहरुको कोरोना बिमा

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको छ ।

सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको दावी भुक्तानी गर्न पाइने अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि सहकारीले लकडाउनका कारण मारमा परेका आफ्ना शेयर सदस्य र सदस्यहरुका लागि सहकारीले व्याज सहुलियत तथा छुटको कार्यक्रम समेत ल्याएको सहकारीका व्यवस्थापक अजयकुमार थापाले बताए ।

सदस्य र समूदायको हितमा काम गर्दै आएको सहकारीले आगामी असार मसान्तसम्मको व्याजमा १० प्रतिशत व्याज छुट दिने कार्यक्रम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *