यस संस्थाको सञ्चालक समितिको मिति २०७७।०८।०५ गतेको निर्णय, सहकारी विभागले आश्विन १ गते जारी सुचना र संस्थाको महामारीमा साधारण सभा व्यवस्थापन कार्यविधि २०७७ लाई आधार मानी कोरोना महामारीको विषम परिस्थितिमा संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०७७/०९/०९ देखि २०७७/०९/१५ गते सम्म निम्न मिति, स्थान र समयमा अभौतिक रुपमा हुने भएकोले फेसबुुक तथा एफ.एम. लाईभमा अनिवार्य सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
साधारण सभामा छलफल गरिने बिषयहरु
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन सम्बन्धमा ।
२. कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन र आ.व २०७७/०७८ को अनुमानित बजेट, नीति तथा कार्यक्रम सम्बन्धमा ।
३. लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा ।
४. प्रस्तावित शेयर लाभाँस तथा संरक्षित पूँजी फिर्ताकोष वितरण सम्बन्धमा ।
५. विनियम पुनर्लेखन/संशोधन सम्बन्धमा ।
६. नीति तथा कार्यविधि सम्बन्धमा ।
७. लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक सम्वन्धमा ।
८. २०७७ पौष मसान्तसम्मको पेश्की बजेट खर्च अनुमोदन सम्बन्धमा ।
९. सहकारी संस्थाहरु बिच एकीकरण गर्ने अख्तियारी सम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधिहरु तोक्ने सम्बन्धमा ।
११. सञ्चालक समितिको निर्णय अनुमोदन सम्बन्धमा ।
१२. शेयर सदस्यहरुको राय सुझावहरु सम्बन्धमा ।
१३. विविध ।
कार्यक्रम:
मिति: २०७७/०९/०९ देखि २०७७/०९/१५ सम्म
शुभारम्भ मिति: २०७७/०९/०९ गते
समापन मिति: २०७७/०९/१५ गते
स्थान: संस्थाको भवन (संगम प्लाजा)
समय: बिहान १०ः३० देखि अपराह्रन्न ३ः०० बजेसम्म ।



—
संचालक समितिको आज्ञाले
विष्णु कुमार चित्रकार
सचिव