यस संगम बचत तथा ऋण सहकारी संस्था लि.को २६औं साधारणसभाको अवसरमा आयोजनामा जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पृथ्वी माविका रेजिना भण्डारी प्रथम, कल्याणकारी विद्या मन्दिरका समीक्षा श्रेष्ठ द्वितीय, अर्किड एकेडेमीका स्मृति रिमाल तृतीय हुनुभएका भएका छन् । यस्तै, स्पार्कल इन्टरनेसनल स्कुलका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमालले सान्त्वना प्राप्त गर्नुभएको छ।
प्रतियोगितामा विजयी हुनेलाई यस सहकारीको २६ औं साधारणसभामा नगद पुरस्कार र प्रमाणपत्र प्गरदान गरिनेछ। विजयी हुनेले नगद पुरस्कार क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २/२ हजारसहित प्रमाणप्रत्र प्राप्त गर्नेछन्।
पृथ्वी माविको प्राङ्गणमा भएको प्रतियोगितामा शिवप्रसाद देवकोटा, नवराज अधिकारी र पुर्णलाल श्रेष्ठले निर्णायक भूमिका खेल्नुभएको थियो ।
प्रतियोगितामा जिल्लाभरका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा हरेक विद्यालयका दुई विद्यार्थी गरी २४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।