१) स्वेच्छिक तथा खुला सदस्यता २) सदस्यहरुद्धारा आर्थिक सहायता ३) स्वायत्तता र आत्मनिर्भरता ४) शिक्षा तालिम र सूचना ५) सहकारी बिच पारस्परिक सहयोग ६) सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ७) समुदायप्रति चासो

कोरोना बीमा रकम प्रदान

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाबाट सङ्क्रमित हुने एक सेयर सदस्यलाई कोरोना बीमित रकम रु एक लाख रुपैंयाँ प्रदान गरेको छ । सहकारीले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको थियो । बीमा रकम भुक्तान दाबीको लागि प्रक्रिया पुरा गरी विदुर नगरपालिका वडा नम्बर ४ …

त्रिशुली अस्पताललाई पानी शुद्धीकरण उपकरण सहयोग

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो  २४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गर्नुभएको …

१६ औं वार्षिक साधारण सभा सम्बन्धमा

यस संस्थाको सञ्चालक समितिको मिति २०७७।०८।०५ गतेको निर्णय, सहकारी विभागले आश्विन १ गते जारी सुचना र संस्थाको महामारीमा साधारण सभा व्यवस्थापन कार्यविधि २०७७ लाई आधार मानी कोरोना महामारीको विषम परिस्थितिमा संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०७७/०९/०९ देखि २०७७/०९/१५ गते सम्म निम्न मिति, स्थान र समयमा अभौतिक रुपमा हुने भएकोले फेसबुुक तथा एफ.एम. लाईभमा …

संगम सहकारीका शेयर सदस्यहरुको कोरोना बिमा

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको छ । सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए । पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको …

कोरोना र लकडाउनले सहकारीमा पार्न सक्ने समस्याहरु

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्णय अनुसार देशभर २०७६ चैत्र ११ गतेदेखि लकडाउनको पाँचौं समयावधि अझै कायम नै रहेको छ । यस विषम अवस्थामा वित्तीय संस्थाका शेयर सदस्यहरुको व्यापार व्यवसाय तथा अन्य आयमूलक कार्यहरु पूर्णरुपमा थप्प भई प्रभावित भईरहेका छन् । कोरोनाभाईरसको संक्रमणबाट “आफू पनि बचौं, अरुलाई पनि …

संगम सहकारीद्वारा विदुर नगरपालिकाको राहत कोषमा रु.५५ हजार ५ सय ५५ सहयोग

विदुर नगरपालिका ४ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदुर नगरपालिकाले स्थापना गरेको दैविक विपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेको छ । शनिबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई उक्त नगद सहयोगकाे चेक हस्तान्तरण गरेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाईरस (कोभिड-१९) को संक्रमण फैलिन …

बौद्धिक अपाङ्गता विद्यालय पानी ट्यांकी र कार्पेट वितरण

आज संगम बचत तथा ऋण सहकारी संस्थाले माझीटारस्थित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई पानी ट्यांकी र कार्पेट सामग्री वितरण गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष नारायण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक  टिकाराम खरेल मार्फत् हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले विद्यालयको आवश्यकता अनुसार सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा आवश्यक …

संगम दौड प्रतियोगितामा सुजन र योगिता प्रथम

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगितामा सुजन राई र योगिता तामाङ प्रथम भएका छन् । संगम बचत तथा ऋण सहकारीले आयोजना गरिएको खुला दौड प्रतियोगितामा छात्रतर्फको दौडमा भीमसेन माविका सुजन राई प्रथम भएका हुन् । त्यस्तै, त्रिशुली माविका द्वय दिपक घले द्वितीय र राम तामाङ तृतीय भएका छन् । त्यस्तै, छात्रातर्फ च्वाडी माविका …