जाजरकोट भुकम्पपिडितको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत संगम बचत तथा ऋण सहकारी संस्था लि बट्टार नुवाकोटबाट राहत स्वरुप प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा नुवाकोट प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलज्युमार्फत संस्थाका अध्यक्ष केशव मिश्र लगायत पदाधिकारी ज्युहरुबाट रु ३० हजार १११/०० को भौचर हस्तान्तरण गरिएको छ ।
Category: समाचार
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण
जिल्लास्तरीय अन्तर मावि संगम चित्रकला प्रतियोगिता
संगम वचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा को अवसरमा भएको “जिल्लास्तरीय अन्तर मावि संगम चित्रकला प्रतियोगिता” मा सहभागी १३ वटा विद्यालय का २६ जना छात्रछात्राहरु सहभागी भएका थिए । प्रतियोगितामा भैरवि मा.वि का अमृता विश्वकर्मा प्रथम, पृथ्वी मा.वि का साहारा अर्याल द्वितीय र सोहिल तामाङ तृतीय, जे.डि वोर्डिङमाका सोफिया तामाङ सान्तवना, त्रिभुवन …
२६औं साधारणसभा सम्पन्न, चार जनप्रतिनिधि सम्मानित
संगम बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ३२ करोड नाघेको छ । आर्थिक वर्ष २०७८/०७९ को असारमसान्तसम्ममा कुल सम्पत्ति गत वर्षभन्दा २ करोडले बढेर ३२ करोड १९ लाख रुपैयाँ पुगेको छ । शनिबार विदुरमा आयोजित संस्थाको २६औं साधारणसभामा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका हुन् । प्रतिवेदनअनुसार सहकारीको शेयर पूँजी एक करोड …
संगम वक्तृत्वकला प्रतियोगिता सम्पन
यस संगम बचत तथा ऋण सहकारी संस्था लि.को २६औं साधारणसभाको अवसरमा आयोजनामा जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पृथ्वी माविका रेजिना भण्डारी प्रथम, कल्याणकारी विद्या मन्दिरका समीक्षा श्रेष्ठ द्वितीय, अर्किड एकेडेमीका स्मृति रिमाल तृतीय हुनुभएका भएका छन् । यस्तै, स्पार्कल इन्टरनेसनल स्कुलका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमालले सान्त्वना …
‘संगम स्मार्ट एप’बाट खानेपानीको बिल तिर्न सकिने
संगम बचत तथा ऋण सहकारी संस्थाको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तानी अनलाईनबाट गर्न सकिने भएको छ । अबदेखि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत् तिर्न सकिनेछ । कार्यक्रममा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारीले क्यासलेस् कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यहरुले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु …
साकोस प्रोवेसन अभिमुखिकरण कार्यक्रम
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नुवाकोटमा पहिलोपटक पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधबार भएको कार्यक्रममा सहकारीले आफ्ना कार्यसमिति सदस्य र कर्मचारीहरुलाई बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम …
त्रिशुली अस्पताललाई दुई आइसीयू बेड र मनिटर हस्तान्तरण
यस संगम बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले कोभिड-१९ उपचारमा आइसीयू बेड अभाव भईरहेको समयमा संगम सहकारीद्वारा नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशुली अस्पताललाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ । मिति २०७८ जेठ १६ गते आईतबार यस सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गर्नुभएको छ …
कोरोना बीमा रकम प्रदान
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाबाट सङ्क्रमित हुने एक सेयर सदस्यलाई कोरोना बीमित रकम रु एक लाख रुपैंयाँ प्रदान गरेको छ । सहकारीले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको थियो । बीमा रकम भुक्तान दाबीको लागि प्रक्रिया पुरा गरी विदुर नगरपालिका वडा नम्बर ४ …
त्रिशुली अस्पताललाई पानी शुद्धीकरण उपकरण सहयोग
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गर्नुभएको …