आज संगम बचत तथा ऋण सहकारी संस्थाले माझीटारस्थित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई पानी ट्यांकी र कार्पेट सामग्री वितरण गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ ।
सहकारीका अध्यक्ष नारायण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टिकाराम खरेल मार्फत् हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले विद्यालयको आवश्यकता अनुसार सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा आवश्यक १००० लिटरको पानी ट्यांकी र एक कोठामा आवश्यक कार्पेट प्रदानको साथै बिछ्याइदिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीले गत कार्तिकमा साधारणसभाको अवसरमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” संगम दौड प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा छात्रतर्फ भीमसेन माविका सुजन राई र छात्रातर्फ च्वाडी माविका योगिता तामाङ प्रथम भएका थिए।
गत वर्ष सहकारीले विदुरस्थित आमाको माया छात्रावासमा खाना पकाउनको लागि भाँडाकुँडा, थाल, चम्चा, गिलास वितरण गरेको थियो ।
२०५३ पौष १५ गते स्थापना भएको सहकारीले गत वर्ष आफ्नै भवनदेखि सेवा तथा कारोबार गर्दै आईरहेको छ ।