संगम वचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा को अवसरमा भएको “जिल्लास्तरीय अन्तर मावि संगम चित्रकला प्रतियोगिता” मा सहभागी १३ वटा विद्यालय का २६ जना छात्रछात्राहरु सहभागी भएका थिए ।
प्रतियोगितामा भैरवि मा.वि का अमृता विश्वकर्मा प्रथम, पृथ्वी मा.वि का साहारा अर्याल द्वितीय र सोहिल तामाङ तृतीय, जे.डि वोर्डिङमाका सोफिया तामाङ सान्तवना, त्रिभुवन त्रिशूली मा.विका साजन तामाङ सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको थियो ।
साथै सहभागी विद्यालय र विद्यार्थीहरुमा हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्दछौ ।
प्रथम,द्वितीय ,तृतीय ,सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालय र विद्यार्थी हरुलाई २७ औं वार्षिक साधारणसभा मिति २०८० कार्तिक १८ गते सूर्यज्याति एकेडेमी, विदुर नगरपालिका-९ कोलनीमा हुने कार्यक्रममा विद्यालय प्रतिनीधि तथा विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछौ ।