कोरोना बीमा रकम प्रदान

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाबाट सङ्क्रमित हुने एक सेयर सदस्यलाई कोरोना बीमित रकम रु एक लाख रुपैंयाँ प्रदान गरेको छ ।

सहकारीले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको थियो ।

बीमा रकम भुक्तान दाबीको लागि प्रक्रिया पुरा गरी विदुर नगरपालिका वडा नम्बर ४ बट्टार निवासी बिजु बोगटीलाई उक्त बीमा रकम प्रदान गरिएको हो ।

सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरेको थियो । पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको दावी भुक्तानी गर्न पाइने सहकारीले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *