साकोस प्रोवेसन अभिमुखिकरण कार्यक्रम

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नुवाकोटमा पहिलोपटक पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बुधबार भएको कार्यक्रममा सहकारीले आफ्ना कार्यसमिति सदस्य र कर्मचारीहरुलाई बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम गरेको यस सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

“राष्ट्रियस्तरमा संगम सहकारीको स्तरीकरणको लागि छिट्टैनै नेफ्स्कुनले सञ्चालन गरको उक्त कार्यक्रममा आबद्ध हुन लागिरहेका छौं”, उहाँले भन्नुभयो “नुवाकोट जिल्लामै पहिलोपटक नेफ्स्कूनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेका हौं ।” कार्यसमितिको बैठकबाट प्रोवेसनमा जाने निर्णय भएपश्चात् केहि सातामै प्रोवेसनमा सहकारीलाई लगिने उहाँले बताउनुभयो ।

नेफ्स्कुनले सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपालस्तरको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गर्दै आईरहेको नेफ्स्कुनका साकोस प्रोवेसन कार्यक्रम संयोजक सन्दिपराज ढकालले बताउनुभयो ।

सहकारी संस्थालाई वित्तीय रुपमा सुरक्षित, सबल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेसनमा सहभागी हुन पाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *