‘संगम स्मार्ट एप’बाट खानेपानीको बिल तिर्न सकिने

संगम बचत तथा ऋण सहकारी संस्थाको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तानी अनलाईनबाट गर्न सकिने भएको छ । अबदेखि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले आफ्नो मासिक खानेपानीको बिल ‘संगम स्मार्ट एप’मार्फत् तिर्न सकिनेछ ।

कार्यक्रममा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सहकारीले क्यासलेस् कारोबार अवधारणाअनुसार मोबाईल एपमार्फत् सहकारीका सदस्यहरुले विदुर खानेपानीको बिल तिर्न सकिने सेवा सुरु गरिएको बताउनुभयो । आफ्ना सदस्यहरुको सहजताका लागि घरमै बसीबसी मोबाइलबाटै उक्त सेवाको भुक्तानी गर्न सकिने बताउनुभयो। उपभोक्ता संस्था र सहकारी बीचको सम्बन्ध विस्तारको लागि सहकारी सक्षम हुने भनाइ राख्नुभयो।

कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जिव श्रेष्ठले समयसापेक्ष प्रविधिको प्रयोग गरी उपभोक्तालाई सेवा दिने क्रममा अनलाईन भुक्तानी सेवाबाट संस्थाको आम्दानी बढाउने कार्यमा संस्था लागेको बताउनुभयो।

सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले सहकारीको मोबाईल एपमार्फत खानेपानीको बिल भुक्तान गरी एपको प्रक्रियागत प्रदर्शन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा खानेपानीका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले ग्राहक पहिचान नम्बरको लागि आफ्नो मिटर रिडीङमा ग्राहक नम्बरको विवरणअनुसार बिल भुक्तानी गर्न सकिने बताउनुभयो। साथै अग्रिम बिल भुक्तानी गर्नेले साउन महिनादेखि ३ प्रतिशतसम्म छुट पाउने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *