
यस संगम बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले कोभिड-१९ उपचारमा आइसीयू बेड अभाव भईरहेको समयमा संगम सहकारीद्वारा नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशुली अस्पताललाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ ।
मिति २०७८ जेठ १६ गते आईतबार यस सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गर्नुभएको छ । यस्तै, सहकारीको थप आर्थिक सहयोग र विदुर नगरपालिका-९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतद्वारा प्राप्त अर्को बेड र मनिटर विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार मार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गर्नुभएको छ ।

कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने भएकोले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हस्तान्तरण गरिएको आईसियु बेड र मनिटरको मूल्य करिब ३/३ लाख बराबर रहेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनुभयो ।
अस्पतालका व्यवस्थापक रानाका अनुसार हाल ६ आईसियु र ४ भेन्टिलेटर गरि १० बेड रहेकोमा अबदेखि कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको छ ।
सामाजिक उतरदायित्व बोध गरि यस प्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङको नागरिकले थप राहत पाउने यस सहकारीको अपेक्षा रहेको छ ।
