(प्रकाशित मिति: २०७९/०४/२६)
संगम बचत तथा ऋण सहकारी संस्था लि. बिदुर ४, बट्टार, नुवाकोटको लागि निम्न अनुसार पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरिकहरुलाई दरखास्तको लागि आव्हान गरिन्छ ।
विज्ञापन नं: ०१.
पद: सहायक व्यवस्थापक
संख्या: १ (एक)
शैक्षिक योग्यता: ब्यवस्थापन संकायमा स्नातक तह उतिर्ण
तालिम: कम्प्युटर सम्बन्धि ज्ञान भएको
छनौट प्रक्रिया: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
दरखास्त दस्तुर: ४००/–
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब: संस्थाको नियमानुसार
दरखास्त दिने अन्तिम मिति: २०७९/०५/१० गते कार्यालय समयभित्र
परिक्षा मिति: २०७९/०५/१३ गते दिउसो १ः०० बजे ।
परिक्षा हुने स्थान: संस्थाको आफ्नै भवन
(१) सहकारी क्षेत्र (४०%): सहकारीको शुरुवात, विश्व परिवेश, नविनतम उपलब्धी, महामारीबाट प्राप्त अवसर र चुनौती, सहकारीका विद्यमान ऐन कानुन, संस्थाको सेवा व्यवस्थापन र निरन्तरता, नुवाकोट जिल्लामा संगम सहकारी ।
(२) व्यवस्थापकीय क्षेत्र (४०%): मानव संसाधन व्यवस्थापन, कार्यालय व्यवस्थापन, वित्तीय विश्लेषण, नीति, योजना र नेतृत्व विकास, बजार र बृद्घिको अनुपात विश्लेषण, वित्तीय स्थीरता मापनमा औजारहरु, सदस्य सम्बन्ध व्यवस्थापन, सेवा विविधिकरण, लगानी विविधिकरण, जोखिम व्यवस्थापन, स्तरीकरण र गुणस्तर सुनिश्चितता ।
(३) लेखा क्षेत्र (२०%): लेखाका सिद्धान्तहरु, सहकारी चारखाताहरु, कर सम्वन्धि, जर्नल, लेजर, अनुपात, लागत परिणाम लाभ विश्लेषण, अनुमानित वजेट निर्माण ।
संयोजक
मानब संसाधन उपसमिति
संगम बचत तथा ऋण सहकारी संस्था लि. बट्टार
फोन न: ०१० ५६१५९१
अनलाईन दरखास्त भर्न तलको फाराम भर्नुहोला
