
संगम बचत तथा ऋण सहकारी संस्था लि. बट्टारको
संगम वक्तृत्वकला प्रतियोगिता सम्बन्धि सुचना ।
यस संस्थाको २६ औं साधारण सभाको उपलक्ष्यमा “जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता” निम्न विषय शिर्षक, मिति, स्थान र समयमा हुन लागेको हुदाँ उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाई सहयोग गरिदिन हुन नुवाकोट जिल्लाका सम्पूर्ण विद्यालयहरुमा हार्दिक अनुरोध गर्दछु ।
नोट:
१. सहभागी अन्तिम दर्ता मिति २०७९ भाद्र १५ गतेसम्म ।
२. विद्यार्थी सहभागी संख्या बढीमा २ जना मात्र ।
३. सहभागी विद्यार्थी कक्षा १० सम्म अध्ययनरत हुनुपर्ने ।
४. एक जना शिक्षक प्रतिनिधि अनिर्वाय उपस्थिति हुनु पर्नेछ ।
५. सहभागी विद्यार्थी अनिवार्य विद्यालय पोशाकमा उपस्थित हुनुपर्ने छ ।
कार्यक्रम:
मिति: २०७९ भाद्र १७ गते शुक्रबार
स्थान: पृथ्वी मा. वि., विदुर
समय: दिउँसो १ः३० वजे
विषय शिर्षकः समुदायको सामाजिक आर्थिक विकासमा सहकारी
सुजित श्रेष्ठ
संयोजक
(संगम वक्तृत्वकला उपसमिति)
