बार्षिक साधारण सभा बारे अत्यन्त जरुरी सुचना !!!

विषयः १७ औं वार्षिक साधारणसभा तथा २५ औं बार्षिकोत्सव ( रजत जयन्ती ) सम्बन्धमा ।

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को संचालक समितिको मिति २०७८।०८।०१ गतेको निर्णय अनुसार संस्थाको १७ औं वार्षिक साधारण सभा तथा २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मितिस् २०७८ पुष १५ गते निम्न मिति, स्थान र समयमा बस्ने भएकोले अनिवार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।

साधारण सभामा छलफल गरिने बिषयहरुस्
१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यू को प्रतिवेदन सम्वन्धमा ।
२. कोषाध्यक्षद्धारा प्रस्तुत आ.व २०७७र०७८ को लेखा परिक्षण प्रतिवेदन र आ.व २०७८र०७९ कोे अनुमानित वजेट, नीति तथा कार्यक्रम सम्वन्धमा ।
३. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्वन्धमा ।
४. प्रस्तावित शेयर लाभाँस तथा संरक्षित पूजी फिर्ताकोष वितरण सम्वन्धमा ।
५. लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक सम्वन्धमा ।
६. सहकारी संस्थाहरु विच एकिकरण गर्ने अख्तियारी सम्वन्धमा ।
७. पेश्की वजेट खर्च अनुमोदन सम्वन्धमा ।
८. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधिहरु तोक्ने सम्वन्धमा ।
९. संचालक समितिको निर्णय अनुमोदन सम्वन्धमा ।
१०. शेयर सदस्यहरुको राय सुझावहरु सम्वन्धमा ।
११. विविध ।

कार्यक्रम:
मिति: २०७८ पुष १५गते बिहीबार
स्थान: संगम प्लाजा, विदुर-४, बट्टार बसपार्क मार्ग
समय: विहान ११ः०० वजे

सञ्चालक समितिको आज्ञाले
विष्णु कुमार चित्रकार
सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *