प्रदेश नं. ३ का मुख्यमन्त्रिबाट संगम प्लाजाको भवन उद्घाटन हुँदै

प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलबाट संगम सहकारीको नवनिर्मित भवन संगम प्लाजाको भोलि मंगलबार उद्घाटन हुने भएको छ ।

सहकारीले विगत २२ वर्षदेखि घरभाडामा लिई सहकारी संचालन गर्दै आईरहेकोमा भोलि मंगलबारदेखि सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गरिने छ ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीराष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल लगायतको सहभागिता रहने छ ।

विदुर नगरपालिका-४ बट्टार दम्कीमा बनेको भवनमा व्यवसायिक प्रयोजनको लागि पनि प्रयोग गर्न सकिने उदेश्य अनुरुप भवन निर्माण गरिएको सहकारीले जनाएको छ ।

सहकारीको अहिले ३ सय ४० शेयरधनी र करिब १ हजार सदस्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *