संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विदुरस्थित आमाको माया नामक छात्रावासलाई भाँडाकुँडा वितरण गरेको छ ।
जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र र सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रुपमा छात्रावासका २० विद्यार्थीहरुलाई थाल, गिलास, चम्चा र बटुका वितरण गर्नुभएको छ । साथै खाना पकाउनको लागि ३ वटा ६ लिटरको प्रेसर कुकर छात्रावासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई प्रदान गरेको छ ।
विगत समयमा झैँ सामाजिक उत्तरदायित्व बहन गर्दै आज सहकारीले छात्रावासको माग अनुसार भाँडाकुँडा वितरण गरेको छ ।
सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्याउने उद्धेश्यले २०५३ पौष १५ गते सहकारीको स्थापना भएको हो ।
