बिश्व खाद्य कार्यक्रम (WFP), समारिटन्स् पर्स र साप्रोस नेपालले संयुक्त रुपमा नुवाकोटका १६ वटा गाविसमा सन्चालित गरीरहेको “भुकम्प प्रभावित जनसंख्याको लागि कामको लागि नगद” भन्ने परियोजना अन्तर्गत पहिलो किस्ता बापतको रु. ५०००। (अक्षेरुपी पाँच हजार) मिति २०७२ आश्विन ३० गते छाप गाविसका सवै वडाहरुको ४६६ घरधुरी मध्ये ३५५ घरधुरीलाई संगम बचत तथा ऋण सहकारी संस्था लि. बट्टारद्धारा नगद बितरण कार्यक्रम ।
जिल्लाका काहुले, मनकामना, फिकुरी, भाल्चे, साल्मे, लच्याङ्ग, उर्लेनी, छाप, तलाखु लगायतका गाविसहरुका करिब ७००० घरधुरीलाई पहिलो किस्तामा रु. ५००० र दोश्रो किस्ता रु. ११००० गरी जम्मा रु १६००० बितरण गरिने कार्यक्रम रहेको छ ।
